यी हुन् बाचा पुरा गर्ने बबन,संघलाइ निशुल्क दिए आफ्नै भवन



हाम्रो इकोनोमि

चुनाबमा गरेको प्रतिबद्दतालाइ अक्षरश पालना गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित सदस्य बबन कुमार सिंहले संघलाई आफुले उपलब्ध गराउने घरमा सरिदीन आग्रह गरेका छन ।मनकारी सिंहले निः शुल्क रुपमा मिथिला भवनको केहि तला संघलाइ दिने भएका हुन् ।

संघको २५ औं साधरणसभाको चुनावि दौडमा मिथिला मेनपावर सर्भिस प्रालीका प्रबन्ध निर्देशक बबन कुमार सिंहले मिथिला भवनमा संघको कार्यलयका लागि भवन दिने प्रतिबद्धता गरेका थिए ।उनले प्रतिबद्धता अनुसार कार्यन्वयनका लागि संघसँग औपचारिक पत्र लेखेर मिथिला भवन संघको कार्यालयका लागि निः शुल्क रुपमा उपलब्ध गराएका हुन् । एयरपोर्टको मूल गेटको सम्मुखमा रहेको मिथिला भवनको तीन फ्ल्याट निशुल्क रुपमा दिने निर्णय गर्दै संघको कार्यालय बत्तीसपुतली बाट त्यहाँ सार्न उनले ताकेता गरेका छन ।उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई सम्बोधन गरी लेखेको पत्रमा घर धनी उनको आमा शुसिला देवी, आफू स्वयमको साथै सजनी सिह पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेको छ ।संघको आफ्नै भवन निर्माण नभए सम्मका लागि उनले सो भवन निशुल्क दिने बताएका छन।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...