भूकम्पपीडितलाई ३६ करोड तीन लाख रकम वितरण



हाम्रो इकोनोमि

भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो ।

कूल आठ हजार ४४३ लाभग्राही रहेको यो जिल्लामा पुरानो संरचनाअनुसार दुर्छिम र चिप्रिङ गाविसबाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो ।

तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको आयोजनाका निर्देशक ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए । “उनीहरुको हकमा सच्याउने काम भइरहेको छ,” उनले भने – “प्राविधिक कुरा मिल्नासाथ वितरण गरिन्छ ।”

पहिलो किस्ताबापतको रकम आगामी कात्तिक मसान्तसम्म वितरण गरिने जनाइएको छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौँ र सालपा विकास बैंकमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको बताइएको छ ।

कमप्रभावित १७ जिल्लामध्ये लाभग्राहीका लागि छिटो रकम वितरण गर्नेमा खोटाङ पहिलो भएको दाबीसमेत गरिएको छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि जिल्लामा पुनःनिर्माणको काम भने प्रभावकारी रुपमा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...