काबुलमा आत्मघाती आक्रमण २४ जनाको मृत्यु, ४२ घाइते



हाम्रो इकोनोमि

काबुल । पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम हमलामा परी २४ जनाको मृत्यु भएको छ।

सरकारी कर्मचारी बोकेको एक बसलाई लक्षित गरी गरिएको आक्रमणमा २४ को मृत्यु हुनुका साथै अन्य ४२ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

सरकारी कर्मचारी लक्षित गरी गरिएको आत्मघाती कारबम आक्रमण शक्तिशाली भएको प्रहरीले जनाएको छ।

बिहानको व्यस्त समयमा सरकारी कर्मचारी बोकेको बसलाई कारबम विष्फोटमा पारिएको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले जानकारी दिए।

कारबम आत्मघाती आक्रमणमा परी मारिएका र घाइते अधिकांश सर्वसाधारण र केही कर्मचारी पनि रहेका प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

स्थानीय समयानुसार सोमबार बिहान ७ बजे भएको यस आत्मघाती आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ।

आज भएको यो आक्रमण प्रख्यात राजनीतिज्ञ तथा पूर्वसेनापति मोहमद मोहकेकको भवन नजिकै भएको थियो। सन् २०१७ को सुरुबाट छ महिनाभित्र अफगानिस्तानमा भएका हत्या हिंसामा नागरिक मारिने क्रम निकै बढेको छ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा द्वन्द्वमा परी एक हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ।

यसरी मारिनेमा प्रायः सर्वसाधारण नै रहेका हुन्छन्। सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा उनीहरु मारिएका हुन्।

गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौँ घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...