परिसूचकमा गिरावट आएपनि सेयर बजारमा अर्ब बढीको कारोवार



सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ६.४८ अंकले घटेर १६२९.०८ अंकमा ओर्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४१ अंकले घटेर ३४४.६० अंकमा झरेको छ । आज १५३ कम्पनीका १७ लाख २५ हजार कित्ता शेयर एक अर्ब पाँच करोड रुपैयाँमा खरिद बिक्री भयो ।

होटल समूह सबैभन्दा धेरै २६.७१ अंकले घटेको छ । बैंकि«, विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः १५.२६, ७.०४, ४.०२ र ०.५८ अंकले घटेका छन् । यता, बीमा समूह सबैभन्दा धेरै १००.७ प्रतिशतले बढेको छ भने फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ३.६१ र ०.५८ अंकले बढेका छन् ।

सोमबार सबैभन्दा बढी सानिमामाई हाईड्रोपावर कम्पनीको शेयर खरिद बिक्री भएको छ । सानिमाको करिब आठ अर्ब ७९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । नेशनलले १० प्रतिशत कमाएको हो । करिब सात प्रतिशत गुमाउँदै गोर्खा फाइनान्स गुमाउने कम्पनीको सूचीमा पहिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार