काँग्रेसद्धारा निर्वाचनमा विद्रोह गर्ने दुई दर्जन सदस्यमाथि कारबाही



हाम्रो इकोनोमि

नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने दुई दर्जन पार्टी सदस्यलाई कारबाही गरेको छ ।

कारवाहीमा पर्नेमा विद्रोह गरी चुनावमा उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी, सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी र भीमबहादुर डाँगी छन् ।

वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी र वडा नं ४ का धनेश्वर भण्डारीमाथि कारबाही गरिएको नेका बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताउनुभयो । कारबाहीमा परेकामध्ये चारजना चारवटा विद्यालयका प्रधानाध्यापक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...