सिद्धार्थ इन्स्योरेन्सको सेयर साउन १६ देखि लिलामीमा



हाम्रो इकोनोमि

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड आठ हजार तीन सय ८० कित्ता सेयर यही साउन १६ गतेदेखि लिलामीमा निकाल्न लागेको छ। कम्पनीले हकप्रद निष्काशनको क्रममा बिक्री नभएको सेयर बोलकबोलमार्फत विक्री गर्ने भएको हो । कम्पनीले साधारण समुहको सात हजार पाँच सय ८३ कित्ता र संस्थापक समुहको तीन सय ६७ कित्ता सेयर यही साउन १६ गतेदेखि लिलामीमा निकाल्न लागेको हो ।

कम्पनीको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँमा तोकिएको भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गनुपर्ने हुन्छ । बोलपत्र साउन २३ गतेसम्म पेश गर्न पाइनेछ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...