सिद्धार्थ इन्स्योरेन्सको सेयर साउन १६ देखि लिलामीमा



सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड आठ हजार तीन सय ८० कित्ता सेयर यही साउन १६ गतेदेखि लिलामीमा निकाल्न लागेको छ। कम्पनीले हकप्रद निष्काशनको क्रममा बिक्री नभएको सेयर बोलकबोलमार्फत विक्री गर्ने भएको हो । कम्पनीले साधारण समुहको सात हजार पाँच सय ८३ कित्ता र संस्थापक समुहको तीन सय ६७ कित्ता सेयर यही साउन १६ गतेदेखि लिलामीमा निकाल्न लागेको हो ।

कम्पनीको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँमा तोकिएको भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गनुपर्ने हुन्छ । बोलपत्र साउन २३ गतेसम्म पेश गर्न पाइनेछ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार