मलेसिया विरुद्ध नेपाल पाँच विकेटले विजयी



आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा छ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए ।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा हफिजुद्धिनले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै मलेसियाका लागि साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । उनले ९.१ ओभर बलिङ गरी एक मेडन राखेर १३ रन मात्र खर्चे । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । आलमले ९ ओभरमा २३ रन दिए । मलेसियाविरुद्ध आजको खेलमा डेब्यु गरेका ढकालले पाँच ओभरमा एक मेडन राखि १५ रन दिए । नेपाल पाँच खेलमा चार जित र एक हारसँगै आठ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन