साउन २७ बाट हाइड्रोपावरको १ करोड ५ लाख कित्ता शेयर आउँदै



हाम्रो इकोनोमि

सानिमा माई हाइड्रोपावर लिमिटेडले शत्प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । १ करोड ५ लाख ५० हजार कित्ता  हकप्रद सेयर निष्कासन गरेको हो ।

हाइड्रोपावर लिमिटेडले १ बराबर १ ९१ः१० अनुपातमा साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयरधनिका लागि प्रति शेयर एक सय अङ्कित दरले हकप्रदत्ता शेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा आइतवार रू।.१ हजार १ सय १९ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू.१ सय अङ्कित दरमा खरीद गर्न पाइने छ ।

कम्पनीको साउन ८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनिहरुले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड र सानिमा बैङ्कका शाखाहरु उपत्यका भित्र चुच्चेपाटि, कलंकी, कुमारीपाटी ललितपुर, महाराजगंज, न्युरोड, सुर्यबिनायक र उपत्यका बाहिर बिराटनगर, बिरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, नारायणगढ पोखरा र धरान लाहानबाट आवेदन दिन सकिन्छ ।

हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ११ करोड पुग्नेछ । त्यसैगरी, कम्पनीको प्रक्षपित वित्तिय विवरण अनुसार आव २०७४र७५ मा जम्मा शेयरपूँजी रू. २ अर्ब ५१ करोड २२ लाख ६६ हजार पुग्ने प्रक्षपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...