साउन २७ बाट हाइड्रोपावरको १ करोड ५ लाख कित्ता शेयर आउँदै



हाम्रो इकोनोमि

सानिमा माई हाइड्रोपावर लिमिटेडले शत्प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । १ करोड ५ लाख ५० हजार कित्ता  हकप्रद सेयर निष्कासन गरेको हो ।

हाइड्रोपावर लिमिटेडले १ बराबर १ ९१ः१० अनुपातमा साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयरधनिका लागि प्रति शेयर एक सय अङ्कित दरले हकप्रदत्ता शेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा आइतवार रू।.१ हजार १ सय १९ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू.१ सय अङ्कित दरमा खरीद गर्न पाइने छ ।

कम्पनीको साउन ८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनिहरुले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड र सानिमा बैङ्कका शाखाहरु उपत्यका भित्र चुच्चेपाटि, कलंकी, कुमारीपाटी ललितपुर, महाराजगंज, न्युरोड, सुर्यबिनायक र उपत्यका बाहिर बिराटनगर, बिरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, नारायणगढ पोखरा र धरान लाहानबाट आवेदन दिन सकिन्छ ।

हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ११ करोड पुग्नेछ । त्यसैगरी, कम्पनीको प्रक्षपित वित्तिय विवरण अनुसार आव २०७४र७५ मा जम्मा शेयरपूँजी रू. २ अर्ब ५१ करोड २२ लाख ६६ हजार पुग्ने प्रक्षपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...