केन्द्रीय समिति बैठक लगत्तै मन्त्रिपरिषद् विस्तार



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सक्नुभएको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहनुभएको जानकारी डा।महतले राससलाई दिनुभयो ।

नेता डा।महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले तयारी गरिसक्नुभएको छ, केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन ।”

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...