भूकम्पले क्षति पु¥याएका गोरखाका दश वटा बर्थिङ सेन्टरलाई सहयोग



हाम्रो इकोनोमि

गोरखा । ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका गोरखाका विभिन्न स्वास्थ्य संस्था पुनः निर्माण र ती स्वास्थ्य संस्थामा रहेका प्रसूति गृह (बर्थिङ सेन्टर) पुनः सञ्चालनमा ल्याउन केयर नेपालले सहयोग गरेको छ ।

भूकम्प गएको २७ महिना भइसक्दा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नसक्दा अधिकांश स्वास्थ्य संस्था टेन्टमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकामा केयर नेपालले खोप्लाङ, च्याङ्ली, ताङ्लीचोक, थालाजुङ, ठाँटीपोखरी, गाँखु, हर्मी, उहिया, सिंजुङ र बोर्लाङ गाउँका प्रसूति गृह सञ्चालनमा सहयोग गरेको हो । यी स्वास्थ्य केन्द्रमा प्रसूति गृह सञ्चालनका लागि करिब रु तीन लाखदेखि सात लाखसम्म सहयोग गरिएको केयर नेपालका प्रजनन स्वास्थ्य अधिकृत दीपेन्द्र पन्तले बताउनुभयो ।

प्रसूति गृह सञ्चालन समिति र वडाध्यक्षको उपस्थितिमा प्रसूतिका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिँदै आएको पन्तले बताउनुभयो ।
केयर नेपालबाट उपलब्ध भएको सहयोग सामग्रीको प्रयोगले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सुधार आउने अपेक्षा लिइएको भीमसेन गाउँपालिकास्थित बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठको भनाइ छ । दशवटा प्रसूति गृह पुनः सञ्चालन गर्न बिरामी जाँच्ने श्यया, प्रसूति गराउन मिल्ने, प्रसूति गराइसकेपछि राख्ने श्यया, औषधि राख्ने दराज, हिटर, ट्रली, तौलने मेसिन, अक्सिजन सिलिन्डरलगायत सामग्री उपलब्ध गराएको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले जानकारी दिनुभयो ।

तीनवटा स्वास्थ्य चौकी पुनः निर्माण

भूकम्पले भत्काएको हर्मी, गाँखु र उहिया गाउँका स्वास्थ्यचौकी भवन केयर नेपालले पुनः निर्माण गरेको छ । यी भवन पुनः निर्माणमा करिब रु ४५ लाख खर्च भएको छ । सडक सुविधा नपुगेको उहियामा स्वास्थ्य चौकी भवन निर्माण गर्न आवश्यक सामग्री ढुवानी गर्दा केही लागत रकम बढेको बताइएको छ ।

गाउँघर क्लिनिक निर्माण

यस्तै, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ठाउँमा गाउँघर क्लिनिक सञ्चालनका लागि केयर नेपालले गाउँघर क्लिनिक भवन निर्माणमा सहयोग गरेको छ । भूकम्पको केन्द्र बारपाकस्थित पोखरी, सिम्जुङको पोखराटार, गाँखुको सान्नानीभञ्याङ, हर्मीको बयापानीमा रु ११ लाखका दरले लगानी गरी गाउँघर क्लिनिक भवन निर्माण भइरहेको पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...