सिन्धुपाल्चोकमा गयो डरलाग्दो पहिरो,भोटेकोशी माथिको लार्चा पुल बगायो



आइतबरा राति परेको वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी माथिको पुल बगाएको छ । बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर दूरीमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएको हो ।

पहिरोले पुल बगाएपछि तातोपानी गाउँपालिकाका दुई वडासँग सम्बन्ध विच्छेद भएको छ भने तत्काल बेलिब्रिज बनाउन नसके सर्वसाधारणलाई आवत जावत गर्न समेत कठिनाइ भएको पिटर श्रेष्ठले न्यूज अभियानलाई बताए ।

सुरक्षा निकायको टोली अहिले स्थलगत अध्ययनका लागि पहिरो प्रभावित क्षेत्रमा जाँदैछ ।

पहिरो खसेपछि भोटेकोशी आंशिक थुनिएकोमा अहिले पानीको निकास हुन थालेकोले पानीको बहाव बढ्न सक्ने हुँदा दोलालघाटसम्म नै खतरा हुन सक्ने हुँदा सतकर्ता अपनाउन उहाँको सुझाव छ ।

यसअघि तीन वर्ष अघि साउन महिनामा सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा १४५ जनाको ज्यान गएको पुष्टि थियो । २०७२ सालमा गएको भूकम्पले पनि सिन्धुपाल्चोक निकै प्रभावित बनेको छ ।

भूकम्प पछि जमिन हल्लिएकाले यो जिल्लाको पहाडी भूभागमा सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने बाढी विज्ञले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख