सिन्धुपाल्चोकमा गयो डरलाग्दो पहिरो,भोटेकोशी माथिको लार्चा पुल बगायो



हाम्रो इकोनोमि

आइतबरा राति परेको वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी माथिको पुल बगाएको छ । बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर दूरीमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएको हो ।

पहिरोले पुल बगाएपछि तातोपानी गाउँपालिकाका दुई वडासँग सम्बन्ध विच्छेद भएको छ भने तत्काल बेलिब्रिज बनाउन नसके सर्वसाधारणलाई आवत जावत गर्न समेत कठिनाइ भएको पिटर श्रेष्ठले न्यूज अभियानलाई बताए ।

सुरक्षा निकायको टोली अहिले स्थलगत अध्ययनका लागि पहिरो प्रभावित क्षेत्रमा जाँदैछ ।

पहिरो खसेपछि भोटेकोशी आंशिक थुनिएकोमा अहिले पानीको निकास हुन थालेकोले पानीको बहाव बढ्न सक्ने हुँदा दोलालघाटसम्म नै खतरा हुन सक्ने हुँदा सतकर्ता अपनाउन उहाँको सुझाव छ ।

यसअघि तीन वर्ष अघि साउन महिनामा सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा १४५ जनाको ज्यान गएको पुष्टि थियो । २०७२ सालमा गएको भूकम्पले पनि सिन्धुपाल्चोक निकै प्रभावित बनेको छ ।

भूकम्प पछि जमिन हल्लिएकाले यो जिल्लाको पहाडी भूभागमा सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने बाढी विज्ञले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...