नेपाल भोलि मलेसियासँग प्रतिस्पर्धा गर्दै



हाम्रो इकोनोमि

आईसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा नेपालले भोलि सोमबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरस्थित इण्डियन एसोसिएसन मैदानमा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार विहान ७ बजेर १५ मिनेटमा नेपालले जारी छनोटमा पाँचौं खेल खेल्न लागको हो ।

नेपालले विश्वकपमा स्थान बनाउनका लागि मलेसियालाई भारी अन्तरले पराजित गर्नुपर्ने हुन्छ । अंक गणितीयमा मात्रै नेपालको विश्वकपमा स्थान बनाउने झिनो आशा रहेको छ । यसअघि सम्पन्न ४ खेलमा नेपालले ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ । पहिलो खेलमा आयोजक सिंगापुर र दोस्रो खेलमा मलेसियामाथि नेपालले शानदार जित हात पारेको थियो । तर, तेस्रो खेलमा भने नेपालले बलियो मानिएको अफगानिस्तानसँग १४१ रनको लज्जास्पद हार ब्यहोरेको थियो । त्यस्तै, चौथो खेलमा भने नेपालले पुनः आयोजक सिंगापुरमाथि २२ रनको जित हात पारेको थियो ।

नेपाली युवा यु–१९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले विश्वकपमा पुग्नका लागि झिनो आशा जिवितै रहेको बताए । उनले भने, “धेरै कठिन तर हाम्रो लागि अवसर पनि छ । हामी ठूलो जितको खोजिमा हुनेछौं र राम्रो प्रदर्शन गर्नेछौं ।”

सन् २०१८ सालमा न्युजिल्याण्डमा हुने विश्वकपमा स्थान बनाउन अब नेपाललाई निकै कठिन भएको छ । नेपालका लागि भोलि सोमबार हुने खेल जितेर मात्रै पुग्दैन । अन्तिम खेल नेपालले मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी प्रतियोगितामा अफगानिस्तान अपराजित टोली हो । उसले ४ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ८ अंक बटुलेको छ । नेट रनरेट पनि अफगानिस्तानको राम्रो भएकाले नेपालका लािग ठूलो चुनौती आइपरेको छ । अफगानिस्तानको नेट रनरेट ३.८४२ रहेको छ । त्यस्तै, ६ अंक जोडेको नेपालको भने ०.४५६ रहेको छ ।

नेपालको परम्परागत समस्या भनेको ब्याटिङ हो । ब्याटिङकै कारणले गर्दा अफगानिस्तानसँग नेपालले नमिठो हार चाखेको थियो । मुख्य प्रशिक्षक विनोद दासले अबको खेलमा टोलीमा केही परिवर्तन हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...