कांग्रेसले निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गर्ने



हाम्रो इकोनोमि

स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ ।

कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहनुभएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनका पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, हराउन सक्रिय हुने र बागी उम्मेदवारी दिनेलाई समितिले छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ ।

समितिले वडादेखि गाउँपालिका र नगरपालिकामा अन्तरघात गर्नेको सूची तयार पारेपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने केसीले बताउनुभयो । निर्वाचनमा पराजित भएका उम्मेदवारले दुई दर्जनभन्दा बढी उजुरी दिएका छन् । यसैबीच कांग्रेस ३ नंं क्षेत्रीय कार्यसमितिको बैठकले गत वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने मेघाङ देउरालीका रामबहादुर तामाङ, किस्पाङ भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिकाका कृष्णबहादुर खड्कालाई पाँच वर्षका लागि साधारण सदस्यताबाट निलम्बन गरी जिल्ला कमिटीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...