तीन पसलमा आगलागी



हाम्रो इकोनोमि

बेँसीशहरका तीन पसलमा गए राति आगलागी भएको छ । बेँसीशहर सात, हाइस्कूल चोकस्थित हेमप्रसाद घिमिरेको घरमा रहेका तीनवटा पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसलमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसल जलेर नष्ट भएको छ ।

राति १ बजे आगलागी भएको खबर प्राप्त भएको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोगगरी आगो नियन्त्रण गर्न करिब एक घण्टा लागेको थियो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । घटना र क्षतिको विषयमा अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...