चार अर्ब बढीको शेयर कारोबार



धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ ।

कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ दशमलव १८ अंकले बढेर अन्तिम दिन एक हजार ६३५ दशमलव ७५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ०८ अंकले बढेर ३४७ दशमलव ४५ अंकमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २८ करोड ३४ लाख ४० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा छ । सो फण्डको सात लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, हाम्रो विकास बैंक, विकास ऋणपत्र २०८० र सिभिल बैंक लिमिटेडको नयाँ शेयर कारोबारका लागि स्टकमा सूचीकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न