नेताको सम्मान गर्ने गणेशमान र कार्यकर्तालाई माया गर्ने बिपी: महामन्त्री कोइराला



हाम्रो इकोनोमि

पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी राज्य विषयक अन्तरक्रियामा नेपाली काँग्रेसका महामन्त्री डा शशांङक कोइरालाले नेतालाई सम्मान दिने गणेशमानजी र कार्यकताको माया, ममता र हेरविचार पु¥याउने बिपीको कार्य शैलीका कारण आजसम्म नेपाली काँग्रेस् बाँचेको छ भन्नुभयो ।

एमबिबिएस पढन आफनो धेरै नम्बर भए पनि कार्यकर्ताकी थोरै नम्बर ल्याउने छोरीलाई सिफारिस गरिदिएपछि बिपीसँग बिलौना गरेको स्मरण सुनाउँदै महामन्त्री डा कोइरालाले बिपीले त्यसबेला कार्यकर्ताको छोरीलाई सिफारिस गरेर न्याय गरेको चर्चा गर्नुभयो ।

मेलमिलापको नीति लिएर स्वदेश फर्कने बिपीको विचारप्रति लामो समयसम्म बहस भएको स्मरण गर्दै महामन्त्री कोइरालाले गणेशमानजी लगायतका नेताले नेपाल फर्कने बित्तिकै झुन्ड्याइ दिए भने के गर्ने रु भन्ने प्रश्नमा बिपीले म पहिला जान्छु, यदि मलाई झुन्ड््याए भने राजनीतिक माहौल बन्छ, त्यसको नेतृत्व तपार्इंहरुले गर्नुपर्छ भनेर भनेको कुरा पनि स्मरण गराउनुभयो ।

सांसद उमेश श्रेष्ठले नेपाली काँग्रेसले नेतृत्व गरेर लोकतन्त्र र समृद्धिको एजेण्डालाई अघि बढाउन र शिक्षालाई आमूलपरिवर्तन गरेर व्यवहार मुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बिपीले अघि सार्नुभएका सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको हुँदा विषय विज्ञलाई ती विषयमा छलफल गरेर लागू गर्ने विषयको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...