पाँच मेट्रिकटन जडीबुटी निकासी



हाम्रो इकोनोमि

पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३७४ मा करिब पाँच मेट्रिकटन जडीबुटी निकासी भएको छ ।

म्याग्दीका वनजंगलमा संकलन गरिएका १५ प्रजातिका चार हजार ७८४ दशमलव ७ केजी जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसैगरी एक हजार २०० केजी अल्लो निर्यात भएको छ ।

जडीबुटी निकासीका लागि अनुमति दिएबापत रु दुई लाख ५७ हजार ५५ राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिनुभयो । एक हजार ५०० केजी विषजरा, ६०० केजी नागवली पाउडर, २८६ केजी साधारण च्याउ, ६४० केजी भिरमह, ३०० केजी सुगन्धवाल, ४४९ केजी सतुवा निकासी भएको छ ।

यसैगरी बहुमूल्य जडीबुटी यार्सागुम्बा ३ दशमलव ७ केजी मात्र निर्यात भएको छ । म्याग्दीबाट निकासी भएका अन्य जडीबुटीमा मैन, निरमसी, कुट्की, अत्तिस, सिलाजित, लौठसल्ला, पदमचाल र वनलसुन रहेका छन् ।

आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यसमा रु २० लाख अनुदान सहयोग गरेको छ ।

बेनी नगरपालिका– ९ मा रहेको निलपहरा सामुदायिक वन उपभोक्ता समूह र बेनपा– ३ मा रहेको हिमाली अल्लो कपडा बुनाइ उद्योगले रु दशदश लाख अनुदान पाएका हुन् ।

निलपहारा सामुदायिक वन उपभोक्ता समूहले थप रु दुई लाख लगानी गरेर टिमुर पिस्से, सुकाउने, तौलने र प्याकेजिङ गर्ने उपकरण खरिद गरेको छ । हिमाली अल्लो कपडा बुनाइ उद्योगले पनि थप रु दुई लाख लगानी गरेर अल्लो कपडा निर्माणका लागि आवश्यक औजार र कच्चापदार्थ खरिद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...