सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने मेगा बैंकको घोषणा



छोटो अवधिमै राम्रो प्रगति गर्दै गएको मेगा बैंक लिमीटेडले सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेको छ ।

सातौं बर्ष पूरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने बताए । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भइसकेको उनले बताए ।

अध्यक्ष शाहले अन्य बैंकले २० वर्षमा हासिल गरेको लक्ष्य मेगाले ७ वर्षमै प्राप्त गरेको भन्दै व्यवस्थापन टिमको प्रशंसा गरे । ‘हामी साना र मझौला खालका पूँजी परिचालनको सवालमा फरक ढंगले स्थापित हुँदैछौ ।’ उनले थपे–‘ठूला बित्तीय र विकास परियोजना समेत बैंकको सहयोगमा संचालन गर्न सकिन्छ भन्ने कुरा हामीले नै धेरैलाई अनुुभूत गराउन सफल भएका छौ ।’

बैंकले आगामी दिनमा कृषि, पर्यटन, जलविद्युत र पूर्वाधारको क्षेत्रमा लगानी वृद्धिमा विशेष ध्यान दिने समेत उनले उद्घोष गरे । फाइभ स्टार बैंक निर्माणदेखि लगानीमा समेत बैंक फरक ढंगले स्थापित गराउनका लागि आफूहरुले ५ वर्षे रणनीतिक योजना अगाडि सारेको समेत उनले खुलाए।

टुरिजम डेभलपमेन्ट बैंकसँगको प्राप्तिपछि मेगाको चुक्तापूँजी साढे ९ अर्बको हाराहारीमा पुुग्ने र त्यसपछि मेगा बैंक धेरै चुक्तापुँजी हुने बैंकको लहरमा अग्र पंक्तिमा रहने उनले बताए ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने जानकारी दिए । स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै उनले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गरिने बताए ।

बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको सिइओ शाहले बताए । शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेकाभन्दै उनले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर निष्काशन गर्न लागेको बताए ।

शाहले बैंक एस्योरेन्स योजना पनि घोषणा गरे । मेगा बैंकका ग्राहकहरुले अब जीवन बिमा र निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्नेछन् । जीवन बिमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ भने निर्जीवन बिमाका लागि बिभिन्न कम्पनीहरुसँग सम्झौता गरेको छ ।

मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल छन् । देशका ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार