निर्वाचन अगाडि संविधान संशोधन हुनसक्दैन



हाम्रो इकोनोमि

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुननसक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नयाँ संविधानपूर्ण नरहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र राष्ट्रिय गरी तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

स्वर्गीय पुष्पलालले अंगिकार गरेको नीतिले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव भएको बताउँदै नेता खनालले नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...