सात बर्ष पछी गुंला पर्ब मनाइने



हाम्रो इकोनोमि

सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुंला धलं(गुंला पर्व) यहाँ मनाउने तयारी भएको छ ।
गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ ६ गतेसम्म एक महिनासम्म विभिन्न धार्मिक कार्य गरी मनाइने जानकारी दिनुभयो ।गुंला पर्व बुद्ध धर्मवालम्बी नेवारको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको बताउँदै उहाँले गुंला पर्व मनाउन करिब रु नौ लाख मानन्धर समुदायको सहयोग एवं चन्दा प्राप्त हुने जानकारी दिनुभयो ।

यस पर्वमा प्रत्येक दिन नौ बाजामा चार पाँच वर्षदेखि सत्तरी असी वर्षसम्म समूहका मानिसको सहभागिता रहने छ । एकमहिने गुंला पर्वमा काठमाडौँ उपत्यकालगायत आसपासका चैत्य र विहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी धलं निकालिने घरमा विसर्जन गरिने चलन छ ।
पर्वमा सहभागी ७० वर्तालुले नुन नखाई एक छाक मात्र खाना खाएर बस्ने छन् । पर्व अवधिभर बिहान बेलुका पूजार्चनाका साथै गुंला ङक धलं नौ बाजाको जीवन्ततासमेत दिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...