सात बर्ष पछी गुंला पर्ब मनाइने



हाम्रो इकोनोमि

सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुंला धलं(गुंला पर्व) यहाँ मनाउने तयारी भएको छ ।
गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ ६ गतेसम्म एक महिनासम्म विभिन्न धार्मिक कार्य गरी मनाइने जानकारी दिनुभयो ।गुंला पर्व बुद्ध धर्मवालम्बी नेवारको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको बताउँदै उहाँले गुंला पर्व मनाउन करिब रु नौ लाख मानन्धर समुदायको सहयोग एवं चन्दा प्राप्त हुने जानकारी दिनुभयो ।

यस पर्वमा प्रत्येक दिन नौ बाजामा चार पाँच वर्षदेखि सत्तरी असी वर्षसम्म समूहका मानिसको सहभागिता रहने छ । एकमहिने गुंला पर्वमा काठमाडौँ उपत्यकालगायत आसपासका चैत्य र विहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी धलं निकालिने घरमा विसर्जन गरिने चलन छ ।
पर्वमा सहभागी ७० वर्तालुले नुन नखाई एक छाक मात्र खाना खाएर बस्ने छन् । पर्व अवधिभर बिहान बेलुका पूजार्चनाका साथै गुंला ङक धलं नौ बाजाको जीवन्ततासमेत दिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...