आन्दोलनका क्रममा सय जनाको मृत्यु



हाम्रो इकोनोमि

भेनेजुयलामा भइरहेको सरकार विरोधि आन्दोलनका क्रममा गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।

राष्ट्रपति निकोलस माडुरोको भूिमका देशका लागि ठीक नभएकाले उहाँले राजिनामा दिनु पर्ने माग गर्दै भेनेजुयलामा देशव्यापी प्रदर्शन सहितको आन्दोलन भइरहेको छ ।

पछिल्लो समय गत बिहीबार मात्रै १५ बर्षीय एक युवक पश्चिमी राज्य जुलिअमा मारिएका थिए । उनको मृत्युको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

विपक्षी दलको आह्वानमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

इन्धनको मूल्यमा भारी गिरावट आएपछि चरम आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा अत्यावश्यकीय सामाग्रीको समेत अभाव हुन थालेको छ ।

सरकारले अर्थतन्त्र तथा प्रजातान्त्रिक संगठनको कुशल व्यवस्थापन गर्न नसक्दा मुलुकले चरम संकट खेप्नुपरेको विपक्षीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...