गोर्खालीको रगत पसिना चुस्न खोज्दैछ दिल्ली,गोर्खाल्याण्डको पक्षको अर्को क्षेप्यास्त्र



हाम्रो इकोनोमि

गोर्खाल्याण्ड आन्दोलनलाई दिल्लीले बेवास्ता गरेको अझै मानबिय क्षती गराउन खोजेको ठहर गर्दै कनकधारा स्वामी स्वदेशानन्दले दिल्लीलाई झुकाउने प्रकारको कबिता लेखेर तरङ्ग ल्याएका छन्। उनले लेखेको मार्मिक कविताले दिल्लीका साशकको नुर झुकोस।

गर्वको गीत गाऔं……
(मन्दाक्रान्ता छन्द)
…… ……. …….
हाम्रा मान्छे अझ कति मरून् हेर्नखोज्दैछ दिल्ली।
गोर्खालीको रगत पसिना चुस्नखोज्दैछ दिल्ली।
उल्लू पार्ने कतिपय कुरा गर्नखोज्दैछ दिल्ली।
गोर्खा मास्ने नियतभरिको मात्र देखिन्छ दिल्ली।
हामी माटो सह मुलुकमा वास गर्दैगरेका,
आफ्नै मानी सकल जनको मान गर्नेगरेका।
बोकी झण्डा निज मुलुकको गर्दछौं गर्व जैले,
हामीलाई परमुलुकको भन्नखोजिन्छ ऐले।
हाम्रै छोरा गिरि विपिनमा गर्दछन् देशरक्षा।
हाम्रै आमा अनुज तनया-माथि गर्छौ उपेक्षा।
गोली बोकी वन चउरमा खट्छ सन्तान हाम्रो,
बङ्गालीको बलजफतमा मर्छ सन्तान हाम्रो।
हाम्रो भन्ने यस मुलुकमा कोही देखिन्न ऐले।
हाम्रा ठग्ने विविध रचना रच्नखोजिन्छ जैले।
हाम्रा आफ्नै सब जन मिली माग राखौं कि ऐले,
यस्तै चाला अलि दिन चले देश बोल्ला कि कैले।
टिस्टा खोला कसम खुकुरी फेरि खाँड़ो पखालौं।
गोर्खालीको बल रगतले जातिलाई बचाऔँ।
गोर्खा गङ्गा बगर बगरै प्रेमको गीत गाऔं।
कञ्चञ्जङ्घा हिमशिखरमा गर्वको गीत गाऔं।
………………….. ….. …………….
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
मितिः २० जुलाई २०१७
समयः बिहान ०६ बजेर १५ मिनेट जाँदा
स्थानः सिलगढ़ी, हाल बंगाल, भारत

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...