कारबाहीमा ९८ तालिबान मारिए



हाम्रो इकोनोमि

अफगान सुरक्षाबलले बिहीबार बिहानबाट गरेको सुरक्षा कारबाहीमा परी ९८ आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टाभित्र गरेको कारबाहीमा परी ती आतङ्ककारी मारिएका गृह मन्त्रालयद्धारा जारी विज्ञप्ति जनाइएको छ ।

सो समयाअवधिमा अफगान राष्ट्रिय सुरक्षाबलले अफगान शान्ति र स्थायित्वमा शत्रु अर्थात आतङ्कबाद विरुद्ध जारी राखेको कारबाहीमा परी ९८ आतङ्ककारी मारिनुको साथै अन्य ३६ जना घाइते भएका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा कारबाहीको क्रममा मारिएकामा प्रायःतालिबान आतङ्ककारी नै रहेका चार जना भने इस्लामिक स्टेट्स (आइएस) लडाकू रहेका जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहताको समाचार नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...