यसकारण बनाउनुपर्छ बीपीको निवासलाई संग्रहालय



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।

नेपाल ट्रेड युनियन काठमाडौँले आज कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा काँग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बिपीलाई सम्झने र सत्तामा पुगेपछि बिपीलाई बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बीपीको योगदानलाई काँग्रेसले उच्च मूल्याँकन गर्न सकेन ।”

विश्वेश्वरप्रसाद कोइरालाको बारेमा विद्यावारिधी गर्नुभएका प्राडा कृष्णप्रसाद दाहलले बिपी सात वर्षको कलिलो उमेरदेखि राजनीतिमा लाग्नुभएको स्मरण गराउँदै बिपीको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

उहाँले नेपालका नेता बिपीको अमेरिकामा समेत शालिक रहेको बताउँदै उहाँ अन्तर्राष्ट्रिय नेता भएको उल्लेख गर्नुभयो ।

काँग्रेसका युवा नेता लोकेश ढकालले काँग्रेसले पछिल्लो समय बिपी कोइरालाको सिद्धान्त र आदर्शलाई बिर्सँदै गएको आरोप लगाउनुभयो ।

नेपाल ट्रेडयुनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनामा बिपी कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो । २००३ सालमा नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका बिपी २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको २०३९ साल साउन ६ गते आजैको दिन निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...