प्रदेश नं. २ मा तोकिएकै मितिमा निर्वाचन



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं। २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।”

प्रमुख आयुक्त यादवले तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...