सामाजिक कार्यमा सक्रिय बन्दै सेना



हाम्रो इकोनोमि

दुर्गम जिल्ला डोल्पामा पछिल्लो समयमा नेपाली सेनाले सामाजिक गतिविधिका काममा आफ्नो सक्रियता बढाएको छ ।

वर्षात्को समयमा पहिरोले बाटोघाटो भत्केर आवागमन ठप्प हुँदा बाटो खुलाउनेसम्म कार्यदेखि कुनै व्यक्ति घरमै बिरामी पर्दा अस्पतालसम्म बोकेर लैजाने र बिरामीलाई प्राथमिक उपचारको व्यवस्थासमेत सेनाले गर्दै आएको छ ।

गत मंगलबार बाढीले पुल भत्काएपछि अवरुद्ध भएको सदरमुकाम दुनैदेखि मेलसरा हुँदै उपल्लो डोल्पासम्म जान प्रयोग हुने काठेपुललाई सेनाको टोलीले पुनःनिर्माण गरेर मार्ग सञ्चालन गरेको निकुञ्ज सुरक्षार्थ खटिएको कालीदत्त गुल्म सुलिगाडका गुल्मपती भगवान थापामगरले जानकारी दिनुभयो ।

“यसै पनि हामी राष्ट्र सेवक हौँ, आपत्विपत्मा सहयोग गर्नु हाम्रो दायित्वभित्र पर्छ, हामीलाई जति धेरै जनताको सेवा गर्ने अवसर मिल्छ हामी त्यति नै खुशी हुन्छौँ” – थापामगरले भन्नुभयो ।

त्यस्तै सेनाको टोलीले एक साता अगाडिमात्रै सुलिगाड नजिकै पर्ने दुनै जुफालखण्डको बाटो ठूलीभेरीको बहावले जोखिममा पारेपछि सेनाको प्रयासमा निर्माणसमेत गरिएको छ ।

जिल्लामा सेनाको अगुवाइमा वृक्षरोपण, सरसफाइ, सडक निर्माण, विपत्को समयमा उद्धारदेखि थुप्रै प्रकारका असहजता समाधान गर्ने प्रयास गरिरहेकाले डोल्पालीले सेनालाई आभार प्रकट गरेका छन् ।

जिल्लामा सेनाले आफ्नो काममात्रै पूरा नगरी अनवरतरुपमा सामाजिक कार्यमा संलग्न रहेर काम गर्दै आएकाले सेना साँच्चीकै दुःखी असहायको सहारासमेत भएको त्रिपुरासुन्दरी नगरपालिकाका लोकेश खत्रीले बताउनुभयो ।

सेनाकै प्रयासमा अबको एक वर्षभित्रै डोल्पामा मोटरबाटो पुगेर डोल्पालीको वर्षौंदेखिको सपना साकार हुन लागेकामा खत्रीले खुशी व्यक्त गर्नुभयो ।

दुर्गम जनताप्रति सेनाले गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...