स्थानीय तहमा कर्मचारी खटाउने तयारी



हाम्रो इकोनोमि

बैतडीका १० वटै स्थानीय तहमा कर्मचारी खटाउनका लागि कर्मचारीको विवरण तयार पारिने भएको छ ।

कार्यालय प्रमुखको बिहीबार बसेको बैठकले स्थानीय तहमा कर्मचारी पठाउनका लागि सम्बन्धित विषयगत कार्यालयको समन्वयमा कर्मचारी खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

यस्तै, जिल्लामा बालविवाह न्यूनीकरणका लागि यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्दै कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

साथै, बर्सातको समयमा हुनसक्ने बाढीपहिरोका घटनालाई न्यूनीकरण गर्नका लागि आवश्यक पूर्वतयारी गर्नेसमेत बैठकले निर्णय गरेको छ । बर्सातको समयमा सेवाप्रवाहमा समस्या नपर्ने हिसाबले मात्रै कर्मचारी बिदामा वा काजमा बस्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...