स्थानीय तहमा कर्मचारी खटाउने तयारी



हाम्रो इकोनोमि

बैतडीका १० वटै स्थानीय तहमा कर्मचारी खटाउनका लागि कर्मचारीको विवरण तयार पारिने भएको छ ।

कार्यालय प्रमुखको बिहीबार बसेको बैठकले स्थानीय तहमा कर्मचारी पठाउनका लागि सम्बन्धित विषयगत कार्यालयको समन्वयमा कर्मचारी खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

यस्तै, जिल्लामा बालविवाह न्यूनीकरणका लागि यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्दै कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

साथै, बर्सातको समयमा हुनसक्ने बाढीपहिरोका घटनालाई न्यूनीकरण गर्नका लागि आवश्यक पूर्वतयारी गर्नेसमेत बैठकले निर्णय गरेको छ । बर्सातको समयमा सेवाप्रवाहमा समस्या नपर्ने हिसाबले मात्रै कर्मचारी बिदामा वा काजमा बस्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...