अनेरास्ववियुको विस्तारित बैठक साउन २२ देखि २६ गतेसम्म चितवनमा हुने



हाम्रो इकोनोमि

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक यही साउन २२ देखि २६ गतेसम्म चितवनमा बस्ने भएको छ ।

करिब छ महिनाअगाडि बस्नुपर्ने सो बैठक लामो समयसम्म प्राविधिक कारणले बस्न नसकेकाले अहिले बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा मुलुकको सङ्घीय राज्य प्रणालीअनुसार संगठनलाई समायोजन गरी नयाँ संरचनाअनुरुप कसरी शैक्षिक क्षेत्रको विकास गर्न सकिन्छ भनेर छलफल गरिने बताइएको छ ।

संगठनको भावी कार्ययोजनाका लागि आवश्यक रणनीति तयार पारिने उक्त बैठकमा अबको विद्यार्थी आन्दोलनको मार्गचित्र प्रस्ट पारिने युनियनका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

मुलुकमा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिका निर्वाह गर्दै आएको सो संगठनले लोकतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा सहभागी भई परिवर्तनका लागि सहयोग गर्दै आएको छ । देशका विभिन्न स्थानमा दैवी प्रकोप, बाढीपहिरो तथा विपद्मा परेका पीडितलाई संगठनले सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...