पदको लोभमा देशलाई कुठाराघात हुने काम गर्नुहुँदैन



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ ।

नेपाल टे«ड युनियन महासंघ ९जिफन्ट० सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको बताउँदै भन्नुभयो, “राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन, त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुँदैन ।”

अध्यक्ष ओलीले तीन तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार गर्नुपर्ने र त्यसका लागि सबै राजनीतिक दल इमान्दार हुनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालको इतिहासलाई हेर्दा ऋषिमुनिहरुको योगदान कम छैन, भौगोलिक रुपमा हेर्दा विश्वकै अग्लो सगरमाथा यहीँ छ, तर त्यसअनुसार विकास हुन सकेको छैन ।”

अध्यक्ष ओलीले विराटनगरबाट शुरु भएको नेपालको टे«ड युनियन अहिले आएर प्रभावकारी भएको बताउँदै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जिफन्टबाट २२० जना प्रतिनिधि विजयी भएका छन्, यो हिजोको मजदुर आन्दोलनकै उपलब्धि हो ।”

जिफन्टका अध्यक्ष विष्णुप्रसाद रिमालले समाज परिवर्तन र विकास गर्न श्रमिकको ठूलो योगदान रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...