साताको अन्तिम दिन १.६३ अंकले घटेर बन्द भयो सेयर बजार



साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.६३ अंकले घटेर १६३५.७५ अंकमा ओर्लिएर बन्द भएको छ। दिनभरीमा १५५ कम्पनीको ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल १७ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको हो।

बैंकिङ, होटल, विकास बैंक र जलविद्युत् समूहले सेयर बजार घटाएका हुन् । यी समूहहरु क्रमशः ५.४४, १६.४४, ३.८९ र ११.३१ अंकले घटेका छन् । फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य भने क्रमशः १.२८, ७७.४, १३.४७ र ०.५८ अंकले बढेका छन् ।

आज सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको छ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। उपसूचक मिस्रित देखिएका छन्। आठ समुहको कारोबार भएकोमा चार समुहको बढेको छ भने चार समुहमा गिरावट देखिएको छ।

आज सबैभन्दा बढी हाम्रो बिकास बैंकका शेयरधनीले कमाएका छन्। बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका हुन्। सबैभन्दा बढि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार