अफगानिस्तानसँग नेपाल १४१ रनले पराजित



हाम्रो इकोनोमि

सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ ।

अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो ।

नेपालले खराब शुरुवात ग¥यो । मात्र उन्नाइस रन बनाउँदा १०.१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी तीन चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । चारजना खेलाडी शून्यमै आउट भए ।

अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार÷चार विकेट लिए । जर्दानले नौ ओभरमा पाँच मेडन राखि मात्र सात रन खर्चे । नवीनले चार ओभरमा एक मेडन राखेर आठ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९.४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...