निगमको छानविन गर्न संसदीय समितिमै लुछाचुडी



हाम्रो इकोनोमि

पेट्रोलियम पदार्थको भण्डारणगृह बनाउन नेपाल आयल निगमले खरिद गरेको जमिनमा अनियमितता भएको भनिएको विषयमा  छानविन गर्ने क्षेत्राधिकारको विषयमा व्यवस्थापिका संसदको अर्थ समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिवीच विवाद सुरु भएको छ ।

झापा, सर्लाही, चितवन र भैरहवामा निगमले पेट्रोलियम भण्डारणगृहका बोलपत्र आव्हान गरी खरीद गरेको जग्गामा अनियमितता भएको समाचार आएपछि संसदीय छानवीन गर्ने विषय आएको थियो । र, अर्थ समितिको ३ साउनमा बसेको बैठकले यस विषयमा छानविन गर्न समिति बनाएको थियो । तर, पछि उपभोक्ता हित सम्वन्ध समितीले पनि आफ्नो क्षेत्राधिकारमा परेकाले आफूले छानविन गर्न पाउनुपर्ने भनेको हो ।

यसपछि उपभोक्ता हित सम्वन्ध समितिले हिजो मगंलवारबाट छानविन सुरु गरेको छ ।

व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १७७ बमोजिम विभिन्न १२ विषयगत समितिहरुको कार्यक्षेत्र तोकिएको छ ।

समितिहरुले सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मुल्याकंन गरी आवश्यक निर्देशन वा राय सल्लाहा दिने गर्दछन् ।

उपभोक्ता हित सम्वन्ध समितिका सभापति भिष्मराज आङदम्बेका अनुसार उपभोक्ता हित सम्वन्ध समितीको कार्यक्षेत्र आपुर्ति मन्त्रालय, उद्योग मन्त्रालय, बाणिज्य मन्त्रालय मातहातका कार्यालयहरु पर्छन् ।

सभापति आङदम्बे भन्छन्, ‘यस्तोमा अर्थ समितिले हाम्रो कार्यक्षेत्र मिचेर काम गर्न थाल्यो ।’

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...