जिल्ला समन्वय समितिको चुनाव गर्न ३३ जिल्लामा तोकिए निर्वाचन अधिकृत



हाम्रो इकोनोमि

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय चुनाव भएको २१ दिन पछि ३३ जिल्लामा समन्वय समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको छ ।

आयोगको बुधबार बसेको बैठकले प्रदेश नम्बर १, ५ र ७ का नवलपरासी र रुकुम बाहेकका ३३ जिल्लामा निर्वाचन अधिकृत तोकेको हो ।

जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूलाई यो जिम्मेवारी दिने निर्णय भएको आयोगले जनाएको छ ।

जिल्ला सभाबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या एकीन भएपछि मुख्य निर्वाचन अधिकृतले निर्वाचनको कार्यक्रम सञ्चालन गर्ने छन् ।

यसअघि आयोगले जिम्मेवारी तोक्न ढिलाई गर्दा जिसस निर्वाचनबारे अन्योल भएको जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...