जिल्ला समन्वय समितिको चुनाव गर्न ३३ जिल्लामा तोकिए निर्वाचन अधिकृत



हाम्रो इकोनोमि

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय चुनाव भएको २१ दिन पछि ३३ जिल्लामा समन्वय समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको छ ।

आयोगको बुधबार बसेको बैठकले प्रदेश नम्बर १, ५ र ७ का नवलपरासी र रुकुम बाहेकका ३३ जिल्लामा निर्वाचन अधिकृत तोकेको हो ।

जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूलाई यो जिम्मेवारी दिने निर्णय भएको आयोगले जनाएको छ ।

जिल्ला सभाबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या एकीन भएपछि मुख्य निर्वाचन अधिकृतले निर्वाचनको कार्यक्रम सञ्चालन गर्ने छन् ।

यसअघि आयोगले जिम्मेवारी तोक्न ढिलाई गर्दा जिसस निर्वाचनबारे अन्योल भएको जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...