१५ करोडको लागतमा खानेपानी आयोजना



हाम्रो इकोनोमि

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित स्विटी खोलामा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

विन्दवासिनी बृहत् लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १५ करोड ५० लाखको लागतमा निर्माण गर्न लागेको आयोजनाको आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलान्यास गर्नुभयो ।

खानेपानीको चर्को अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथलीका बासिन्दालाई पर्याप्त खानेपानी वितरण गर्न आयोजना सुरु गरिएको संस्थाका अध्यक्ष नकुल राउतले बताउनुभयो ।

अध्यक्ष राउतले भन्नुभयो – “खानेपानी आयोजनाअन्तर्गत १० लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिनेछ । आगामी दुई वर्षभित्र आयोजना पूरा गरी पानी वितरण गर्छौं ।”

पहिलो चरणमा एक हजार दुईसय घरधुरीलाई पानी वितरण गर्ने र दोस्रो चरणमा थप ३०० घरधुरीलाई समेट्न आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...