इक्यान अन्तर्गतका कन्सलटेन्सीबाट परामर्श लिँदा विद्यार्थी ढुक्क भए हुन्छ- पाण्डे अध्यक्ष इक्यान



प्रकाश पाण्डे
अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

 

बृहत इक्यान मेला गर्दै छ, मेलाबाट विद्यार्थीलाई के फाइदा पुग्छ ?
इक्यानले विशेषत दुईवटा उद्देश्यबाट मेला आयोजना गर्दै आएको छ । एउटा विद्यार्थी, अभिभावक तथा सम्पूर्णलाई नेपालमा रहेका शैक्षिक परामर्श संस्थाबारे जानकारी दिने र शैक्षिक परामर्शदाताहरुको भूमिकाबारे स्पष्ट गराउने । मेला विषेश गरी विद्यार्थी तथा अभिभावकहरुलाई विश्वका विभिन्न देशहरुको भिसा नीति, शिक्षा प्रणाली, कोर्स, विश्वविद्यालयबारे जानकारी गराउने थलो हो ।

एउटा मात्र शैक्षिक परामर्श संस्थामा जाँदा विद्यार्थी तथा अभिभावकहरुले त्यस ठाउँले दिएको परामर्श मात्र लिन्छन् । तर मेलामा आएर विभिन्न परामर्श संस्थाहरुसँग भेट्दा उनीहरुले धेरै कुराहरु थाहा पाउन सक्छन् । यस्तो हुँदा विद्यार्थीहरुले एउटाबाट अर्कोमा गई प्राप्त जानकारीहरुलाई दाँज्न सक्छन्, साँचो हो वा हैन बुझ्न सक्छन् । त्यहाँ विद्यार्थीहरुले नयाँ—नयाँ किसिमको जानकारीहरु प्राप्त गर्न सक्छन् ।

उदाहरणका लागि अष्ट्रेलियालाई कसैले ट्युसन प्रोटेक्सन स्किमले गर्दा राम्रो भन्न सक्छ, कसैले पोस्ट स्टडी वर्किङ भिसाका कारण त कसैले त्यहाँ काम गर्न पाउने कानुनी नियमका कारण । कसैले कुनै कुरा राम्रो देख्छ भने अर्कोले अन्य कुरामा देख्छ । त्यसैले विद्यार्थीहरु एउटा शैक्षिक परामर्श संस्थामा जाँदा कुनै एक पक्षबाट सीमित कुरामात्र बुझ्न सक्छन् भने मेलामा धेरै परामर्श संस्थाहरुबाट फरक—फरक कुरा बुझ्न सक्छन् ।

विदेश जाने विद्यार्थीहरुको ‘ट्रेन्ड’ कस्तो छ ? विद्यार्थीको रोजाइमा कुन–कुन देशहरु छन् र कुन देश विद्यार्थीको लागि सुरक्षित मान्न सकिन्छ ?
नेपाली विद्यार्थीहरुको सन्दर्भमा हाल पहिलो रोजाइमा अष्ट्रेलिया, दोस्रोमा जापान र तेस्रोमा अमेरिका छ । भिसा लिनपर्ने सम्दर्भमा विद्यार्थीहरुले यी देशहरुलाई बढी रोज्छन् भने भिसाको आवश्यकता नपर्ने देशमा विद्यार्थीहरुले भारतलाई रोज्छन् । भारतमा गुणस्तरीय शिक्षण संस्थाहरु छन् । कहिले काहीँ विद्यार्थीहरुले सही शिक्षण संस्था चयन गर्न नसकेर घटना घट्ने गरेको पनि हामीले पाएका छौं । भारतमा पढ्ने जाने विद्यार्थीहरुले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नलिई जाने भएकाले आँकलन गर्न गाह्रो छ । तर भिसा पाएर जाने देशहरुको कुरा गर्ने हो भने अष्ट्रेलिया, जापान र अमेरिका नै क्रमशः प्रथम, द्वितिय र तृतीय स्थानमा छन ।

यी देशहरु रोजाइमा पर्नुको कारण पछिल्लो समयमा यी देशहरुले ल्याएको नीति नै हो । अष्ट्रेलियाको सरकारले विदेशी विद्यार्थीहरुको लागि ट्युसन प्रोटेक्सन स्किम ल्याएको छ जस्को कारणले विद्यार्थीहरुको लगानी डुब्दैन ।

अष्ट्रेलियामा पढाइको दौरान पनि काम गर्न पाउने प्रावधान र पढाइपछि पोस्ट स्टडी वर्किङ भिसा दिने नीति छ । यदि उनीहरु आर्थिक रुपमा सक्षम छन् भने आफ्नो परिवारलाई पनि सँगै लान सक्छन् ।

यस्तै विभिन्न कुराहरुका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ बनेको छ । अष्ट्रेलियामा पार्ट टाइम जागिर गर्दा कमाइ राम्रो हुने भएकाले त्यसले विद्यार्थीको केही खर्च तथा अभिभावकमाथीको केही बोझ कम हुन सक्छ । त्यसै गरी जापानमा भाषा पढ्न जाने र त्यसपछि भोकेसनल क्लासहरु लिने र स्किल अनुसारको काम गर्ने जस्ता कुराहरुले अगाडि छ । विद्यार्थीले जापानमा पढ्ने, स्किल सिक्ने र भविष्यमा गएर त्यसले सहयोग गर्ने भएकाले पनि जापानलाई रोज्ने गर्छन् ।
त्यस्तै अमेरिकाको कुरा गर्दा अमेरिकन दुतावासले विद्यार्थीहरुको आर्थिक कागजपत्रहरु पेश गर्न नपर्ने नीति ल्याएको छ । यसले गर्दा विद्यार्थीहरुलाई भिसा आवेदन प्रक्रियामा पनि केही सहज पुगेको छ । जुनसुकै देशले पनि इमानदार व्यक्तिहरुलाई मात्र लाने गर्छन् । विशेष गरी अमेरिकाको सन्दर्भमा विद्यार्थीको भाषा, कुन कलेज रोजेका छन्, कति छात्रवृत्ति पाएका छन् भन्ने जस्ता कुराहरु बढी मान्यता राख्छ । यो हिसाबले विद्यार्थीहरु फरक–फरक देशले दिने शिक्षा सँग अन्य सुविधाह हेरेर पनि देश चयन गर्ने गर्छन् ।

विद्यार्थीले आफूले सही कलेज चयन गरेको छु भनेर कसरी थाहा पाउने ? कलेज छान्दा कुन—कुन कुरामा ध्यान दिनु जरुरी छ ?
यदि हामी भारत विशेष भएर कुरा गर्ने हो भने, भारत यति ठूलो देश छ, त्यति धेरै राज्य छन्, त्यति धेरै शिक्षण संस्थाहरु छन् । वास्तवमै त्यति धेरै शैक्षिक संस्थाबाट सही छान्न धेरै नै महत्वपूर्ण छ । यतिबेला परामर्शदाताहरुको परामर्शले मद्दत पुग्न सक्छ । कहिले काहीँ परामर्शदाताहरु पनि कुनै शिक्षण संस्थाको बारेमा थाहा नपाएर समस्या आएको हामी देख्न सक्छौं ।
विद्यार्थीले त्यहाँको कलेज छान्दा कम्तीमा ५—६ वर्ष पहिले स्थापना भएको, विद्यार्थीहरु डिग्री लिएर निस्केका अथवा यदि कोही नेपाली विद्यार्थी पढेर निस्किएका छन् भने उनीहरुको अनुभवहरुलाई साट्न सक्ने जस्ता शिक्षण संस्था खोज्नु जरुरी छ । ती शिक्षणसंस्थाहरुले राज्यबाट प्राप्त गर्नुपर्ने नीति नियम पालना गरेको छ वा छैन, त्यसको कृति र नविकरणहरु गरेको छ वा छैन भन्नेबारे बुझ्नु जरुरी छ ।

ती शिक्षण संस्थाका सेवा सुविधा, लाग्ने लागत जस्ता सबैकुरा स्पष्ट भएर विद्यार्थी गएभने समस्या त्यती हुने देखिँदैन । पछिल्लो समयमा भारतमा नर्सिङ पढ्ने विद्यार्थीहरुले त्यहाँको लाइसेन्स प्राप्त गर्ने कुरामा रोक लगाएको छ । काम गर्ने कुरामा रजिस्ट्रेशन नदिने तर पढेको हो भन्ने मान्यता मात्र दिने भएकाले कयौं बेला यसले समस्याहरु ल्याउन सक्छ । यी सबै कुराको बारेमा विद्यार्थीहरुलाई बुझाउनका लागी राम्रो परामर्शदाता छान्नु पनि जरुरी छ । विद्यार्थीलाई सबै कुराहरुबारे जानकारी गराएर मात्र पढ्न जाने अथवा नजाने भन्ने कुरा बुझाउनु शैक्षिक परामर्श संस्थाको भूमिका हो । पूर्ण जानकारी भएकाहरुले मात्र अरुलाई राम्रो तथा नराम्रो भनि परामर्श दिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दिल्ली जाने तयारीमा

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश