नेप्से बढ्न सकेन, कारोबार रकम भने १ अर्ब माथिनै



हाम्रो इकोनोमि

बुधबार बजार नाप्ने सूचक १.१४ अंकले घटेर १६३७.२७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ३४७.६५ अंकमा उक्लिएको छ।

आज १५५ कम्पनीको १६ लाख ८४ हजार कित्ता शेयर एक अर्ब १७ करोड रुपैयाँमा खरिद बिक्री भएको हो।

समूहगत रुपमा हेर्दा बिमा र होटल समूह बढे भने अरु सबै घटेका छन्। होटल १० र बिमा ५१ अंकले बढेका छन्। फाइनान्स ७, विकास बैंक ४, जलविद्युत ३ तथा बैंकिङ र उत्पादन समूह २–२ अंकले ओर्लिए। अन्य समूह भने १ अंकमुनि रातो रह्यो।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड २१ लाखको कारोबार भयो भने मूल्य १ रुपैयाँले घटेर २२ सय ७२ कायम भएको छ। दोस्रोमा रहेको नेको इन्स्योरेन्सको ७ करोड १६ लाखको कारोबार भयो।

सो कम्पनीले २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने सूचना पनि नेप्सेमार्फत सार्वजनिक गरेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ११ सय ४७ कायम भएको छ।

फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ७० लाखको कारोबार भयो। यस दिन अपी पावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ। नेको इन्स्योरेन्सको मूल्य पनि ८ प्रतिशतले बढ्यो।

सिनर्जी फाइनान्स, पोखरा फाइनान्स र नेसनल हाइड्रोका लगानीकर्ताले ४ प्रतिशत बढी मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...