नेप्से बढ्न सकेन, कारोबार रकम भने १ अर्ब माथिनै



बुधबार बजार नाप्ने सूचक १.१४ अंकले घटेर १६३७.२७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ३४७.६५ अंकमा उक्लिएको छ।

आज १५५ कम्पनीको १६ लाख ८४ हजार कित्ता शेयर एक अर्ब १७ करोड रुपैयाँमा खरिद बिक्री भएको हो।

समूहगत रुपमा हेर्दा बिमा र होटल समूह बढे भने अरु सबै घटेका छन्। होटल १० र बिमा ५१ अंकले बढेका छन्। फाइनान्स ७, विकास बैंक ४, जलविद्युत ३ तथा बैंकिङ र उत्पादन समूह २–२ अंकले ओर्लिए। अन्य समूह भने १ अंकमुनि रातो रह्यो।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड २१ लाखको कारोबार भयो भने मूल्य १ रुपैयाँले घटेर २२ सय ७२ कायम भएको छ। दोस्रोमा रहेको नेको इन्स्योरेन्सको ७ करोड १६ लाखको कारोबार भयो।

सो कम्पनीले २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने सूचना पनि नेप्सेमार्फत सार्वजनिक गरेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ११ सय ४७ कायम भएको छ।

फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ७० लाखको कारोबार भयो। यस दिन अपी पावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ। नेको इन्स्योरेन्सको मूल्य पनि ८ प्रतिशतले बढ्यो।

सिनर्जी फाइनान्स, पोखरा फाइनान्स र नेसनल हाइड्रोका लगानीकर्ताले ४ प्रतिशत बढी मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले