विकास निर्माणका लागी दिइएको दुई अर्ब पचास करोड बजेट फिर्ता



हाम्रो इकोनोमि

नुवाकोट । आर्थिक वर्ष २०७३–७४ मा आएको रु दुई अर्ब ४९ करोड ९३ लाख बजेट खर्च नभई फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर थापाका अनुसार जिल्लास्थित सरकारी कार्यालय सञ्चालन गर्न प्राप्त चालुगत र विकास निर्माणका लागी विनियोजन गरिएको पुँजीगत खर्च रु १३ अर्ब तीन करोड चार लाखमध्ये रु १० अर्ब ५३ करोड ११ लाख खर्च भएको छ ।

जिल्लाका ७६ सरकारी कार्यालयको नीति तथा कार्यक्रम सञ्चालन गर्न रु नौ अर्ब ४५ करोड ९७ लाख प्राप्त भएकामा ८६ प्रतिशत अर्थात् रु आठ अर्ब सात करोड ८८ लाख मात्र खर्च भएको छ । चालुगत शीर्षकमा नीति तथा कार्यक्रम सञ्चालनका लागि बजेटको अख्तियारी पाएका सरकारी कार्यालयले गत आवमा रु एक अर्ब ३८ करोड नौ लाख खर्च गर्न सकेनन् ।

पुँजीगत शीर्षकमा विकास निर्माणका लागि आएको रु तीन अर्ब ५७ करोड सात लाखमध्ये रु दुई अर्ब ४५ करोड २३ लाख खर्च भएको छ । बजेटको एक तिहाइ अर्थात् ६७।५७ प्रतिशत बजेट खर्च भएको छ । विकासका लागि प्राप्त रु एक अर्ब ११ करोड ८४ लाख खर्च नभई फिर्ता भएको छ ।

प्राप्त बजेट खर्च गर्न नसक्नेमा गल्छी–त्रिशूली–वेत्रावती सडक विस्तार, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, भूकम्प पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाईलगायत जनतालाई प्रत्यक्ष विकास निर्माणमा सेवा पु¥याउने कार्यालय रहेका छन् । विकास निर्माणको क्षेत्रमा गरेको खर्चको ठूलो हिस्सा आवको अन्तिम महिना असारमा खर्च भएको छ । पुँजीगत बजेटमा भएको खर्चमध्ये रु ९५ करोड २३ लाख (एक तिहाइ) असारमा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...