गोलीसहित दुईजना पक्राउ



हाम्रो इकोनोमि

भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बाह्र बोरको ५० थान गोलीसहित पक्राउ परेका पर्साको बगवाना–७ निवासी ५५ वर्षका क्षेत्री चौधरी र २१ वर्षका रामकिशुन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार रहेका चौधरीद्वयले आलुको बोरामा गोली लुकाइछिपाई नेपाल भित्र्याउन लागेको पूर्व सूचनाको आधारमा पर्साको मनवा र रंगपुर टाँडीको बीचमा जाँच गर्दा १२ बोरको ५० थान गोली बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक गिरीले पक्राउ परेका दुबै अभियुक्तमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भएको बताउनुभयो ।

पक्राउ परेका क्षेत्री चौधरी वन पैदवार चोरी निकारी, वन रक्षकमाथि आक्रमण जस्ता अपराधमा पहिले पनि मुद्दा खेपिसकेको उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...