ट्रम्प–पुटिनबीच गोप्य भेटवार्ता भएको ह्वाइटहाउसको स्वीकार



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ ।

यो महिनाको शुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जि२० बैठकका क्रममा उहाँहरुबीच पहिला घोषित रुपमा नै भेटवार्ता भएको मात्र समाचार आएको थियो ।

तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । उक्त भेटवार्ताको समाचार मङ्गलबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् ।

उहाँहरुबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौंँ पछि एकजना रुसी दोभाषे मात्रको उपस्थितिमा राष्ट्रपतिद्वयको वार्ता भएको ती समाचारमा जनाइएको छ ।

तर दुईजनाबीच केकस्ता विषयमा छलफल भएको थियो भन्ने बारेमा भने केही बताइएको छैन । यस वार्ताको औपचारिक रेकर्ड पनि नराखिएको पाइएको छ ।

अमेरिकी छापामा यो समाचार आएपछि यस विषयमा अमेरिकामा व्यापक विवाद थपिएको छ । रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर आएका पछिल्ला समाचारहरुपछिको यो अर्को खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ ।

सुरुमा होइन भनिएको सो भेटघाटको समाचार आएपछि मङ्गलबार ह्वाइटहाउसले स्वीकार्न बाध्य भएको बताइएको छ ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँहरुबीचमात्र तर छोटोवार्ता भएको बताएको छ ।

तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्नका लागि सघाएको आरोप लगाउदै आएको छ । तर राष्ट्रपति ट्रम्पले उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय पनि सार्वजनिक भएको थियो ।

त्यस समयमा राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो । उनले सो समाचारको स्वीकार गरेका छन् ।

ह्यामबर्गको जी२० बैठकका समयमा राष्ट्रप्रमुखहरुको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको थियो । भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...