अन्तिम खेलको लागि नेपाल लेबनानसँग भिड्दै



हाम्रो इकोनोमि

एएफसी यू–२३ च्याम्पिनसिप छनोटको अन्तिम खेलमा बुधबार नेपालले लेबनान सँग सामना गर्ने भएको छ । छनोटको समूह ‘डी’ मा नेपाल र लेबनान दुवैले यसअघिका दुवै खेल गुमाइसकेका छन् भने दुवैको छनोट समीकरण पनि समाप्त भइसकेको छ ।

नेपाल आफ्नो सुरुका दुई खेलमध्ये यूएईसँग ५–० र उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । अर्कोतर्फ लेबनान भने उज्वेकिस्तानसँग ३–१ र यूएईसँग १–० ले हारेको थियो । गोल अन्तरको हारमा लेबनान नेपालभन्दा माथि तेस्रो स्थानमा रहेको छ ।

खेल युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा आज साँझ खेल हुने बताइएको छ ।
आज लेवनानसँगको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

छनोटमा प्रत्येक समूहका शीर्षस्थानको टिमले प्रतियोगितामा सोझै प्रवेश पाउने छ भने दोस्रो हुनेले आफ्नो सम्भावना जीवित राख्न सक्नेछ ।
यसअघिनै दुई खेलमा पहेँलो कार्ड पाएका स्टार मिडफिल्डर अञ्जन विष्ट भने आजको खेलमा उपस्थित हुन नपाउँने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...