अन्तिम खेलको लागि नेपाल लेबनानसँग भिड्दै



एएफसी यू–२३ च्याम्पिनसिप छनोटको अन्तिम खेलमा बुधबार नेपालले लेबनान सँग सामना गर्ने भएको छ । छनोटको समूह ‘डी’ मा नेपाल र लेबनान दुवैले यसअघिका दुवै खेल गुमाइसकेका छन् भने दुवैको छनोट समीकरण पनि समाप्त भइसकेको छ ।

नेपाल आफ्नो सुरुका दुई खेलमध्ये यूएईसँग ५–० र उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । अर्कोतर्फ लेबनान भने उज्वेकिस्तानसँग ३–१ र यूएईसँग १–० ले हारेको थियो । गोल अन्तरको हारमा लेबनान नेपालभन्दा माथि तेस्रो स्थानमा रहेको छ ।

खेल युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा आज साँझ खेल हुने बताइएको छ ।
आज लेवनानसँगको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

छनोटमा प्रत्येक समूहका शीर्षस्थानको टिमले प्रतियोगितामा सोझै प्रवेश पाउने छ भने दोस्रो हुनेले आफ्नो सम्भावना जीवित राख्न सक्नेछ ।
यसअघिनै दुई खेलमा पहेँलो कार्ड पाएका स्टार मिडफिल्डर अञ्जन विष्ट भने आजको खेलमा उपस्थित हुन नपाउँने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन