मतदाता नामावली सहज गराउनका लागि ‘हेल्प डेक्स’ स्थापना



हाम्रो इकोनोमि

निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक सहज गराउन यहाँ ‘हेल्प डेक्स’ स्थापना गरिएको छ ।

सरकारी निकायद्वारा प्रदान हुने सेवा प्रवाह तथा नागरिकको सुविधाका लागि लागि युएनडिपिको सहकार्यमा जिल्लास्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले हेल्प डेक्स सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा आउनेको भिडलाई मध्यनजर गर्दै १५ दिनका लागि छ युवा स्वयम्सेवकलाई परिचालन गरेर बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हेल्प डेक्स सञ्चालन गरिएको हो ।

युवा स्वयम्सेवकले आएका सेवाग्राहीको फारम भर्ने, लाइनमा बसाउने, सूचना दर्ता, तथ्याँक संकलन अभिलेखीकरणमा सहयोग पु¥याउने गरेका छन् । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य अन्तर्गत तीन दिनको अवधिमा करिब एक हजार ३०० जनाले नाम दर्ता गराएका छन् ।

कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...