गोर्खाज फाइनान्सको लिलामी सेयर आउँदै



गोर्खाज फाइनान्सले हकप्रदमा नबिकेको १० लाख ५५ हजार १९८ कित्ता सेयर साउन १० गतेदेखि लिलामीमा ल्याउने भएको छ । संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न तोकेको संख्या भित्र आवेदन दिन सक्नेछन् । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने साउन १९ गतेसम्म तोकिएको छ ।

यो लिलामीमा बिक्री प्रबन्धक एनआइीबएल क्यापिटल मार्केट लाजिम्पाट काठमाडौंमा पुग्नेगरी आवेदन फारम बुझाउनुपर्नेछ । दुबै समुहको बोलपत्र साउन २० गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न