मस्र्याङदीमा ट्रक खस्दा एक बेपत्ता, दुईको उद्धार



हाम्रो इकोनोमि

मस्र्याङदी नदीमा ट्रक खस्दा आज एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन् । दुबैजनालाई स्थानीयवासीले नदीबाट उद्धार गरेका छन् । घाइते दुबै जनालाई उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याउँदै गरिएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो ।

नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा रहेको छ । ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान रहेका थिए । स्थानीयवासी पदम गुरुङकाअनुसार दुर्घटनास्थल भन्दा दुई किलोमिटर तलसम्म रेफ्रिजेरेटर भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...