मन्त्रिमण्डल विस्तारबारे टुंगो लगाउन हाई कमान्डको बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

लामो समयदेखि विविध कारणबस विस्तार हुन नसकेको मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा मन्त्रालयको संख्या र मन्त्रायलयको बाँडफाँटका विषयमा दुई दलका तर्फबाट गठित कार्यदलले गरेको तयारीका आधारमा बैठक बस्न लागेको छ। मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गरी टुंगो लगाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी नेतृत्वबीच अहिले साँझ ६ बजे बालुवाटारमा बैठक हुने भएको छ।

खासगरी मन्त्रिमण्डलमा २० वटा मन्त्रालयलाई दुई दलबीच ३ बराबर ५ को अनुपातमा माओवादी र कांग्रेसबीच बाँडफाँट गर्ने भनिएपनि पछिल्लो समय माओवादीले ९ मन्त्रालयको दाबी गरेपछि कार्यदलभित्र सहमति हुन सकेको थिएन।
संविधान संशोधनको पक्षमा आवश्यक बहुमत जुटाउन नसकेपछि सरकारको पक्षमा सुविधाजनक बहुमत कायम गराउन पनि सरकारमा बढी दललाई सहभागी गराउन पनि कांग्रेसले माओवादीलाई ७ बाट बढाएर ८ मन्त्रालयमा चित्त बुझाउन आग्रह गर्दै आएको थियो। तर माओवादीभित्र मन्त्रीका आकांक्षी बढी देखिएपछि नेतृत्वले ९ मन्त्रालयको अडान छाडेको छैन्।

यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलका सदस्यहरु आज सांझ बसेर यी सबै विषय टुंग्याउने र बुधबारसम्ममा मन्त्रिमण्डल विस्तार हुने सत्तारुढ दलका नेताले बताए।
तत्काल आन्तरिक विवादमा अल्झिएको राप्रपा सरकारमा सहभागी हुने सम्भावना कम रहेको र संघीय समाजवादी पार्टी पनि अहिले नै सरकारमा सहभागी नहुने अवस्था रहेको भन्दै दुई दलबीच ३० वटा मन्त्रालयमध्ये २० बाट केही संख्या थप गरी माओवादीलाई ९ र कांग्रेसले १३ वटा मन्त्रालय लिने सम्भावना बढेर गएको छ।

यसैबीच कांग्रेस र माओवादी गठबन्धनलाई निरन्तर सहयोग गर्दै आएको नेकपा संयुक्तलाई देउवा नेतृत्वको मन्त्रिमण्डलमा पनि एक मन्त्रालय दिने सहमति यसअघि नै भइसकेको छ भने अरु साना दलका तर्फबाट दुई जनासम्मलाई मन्त्रिमण्डलमा सामेल गराउने कि एक मन्त्री र एक राज्यमन्त्री दिएर मिलाउने भन्ने अझै टुंगो लागेको छैन।मन्त्रालयको संख्या टुंगो लागेपछि कुन मन्त्रालय कस्को भागमा पार्ने भन्ने विषय पनि दुई पक्षले टुंगो लगाउने छन्। त्यसपछि मात्र माओवादी र कांग्रेसबाट मन्त्रिमण्डलमा थपिने सदस्यहरुको नाम टुंगो लाग्न सक्ने छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...