स्थानीय तह निर्वाचनमा छ अर्ब भन्दा बढी खर्च



हाम्रो इकोनोमि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ ।

सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।

निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्र्थिक वर्ष २०७३÷७४ मा खर्च हुन बाँकी रहेको रु तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई रु तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म रु एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले जनाएको छ ।

क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई रु ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई रु दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको जनाएको छ । निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो ।

स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये रु एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...

निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...