अष्ट्रेलियाली विदेशमन्त्री भारतमा



हाम्रो इकोनोमि

अष्ट्रेलियाली विदेशमन्त्री जोली विशप दुई दिने भ्रमणका लागि मङ्गलबार भारत पुग्नुभएको छ ।

दुई दिने सो भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आफ्ना समकक्षी भारतीय विदेशमन्त्री सुषमा स्वराज र अन्य वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुने छ ।

यस भेटवार्ताका क्रममा द्विपक्षीय विविध विषयहरुका अतिरिक्त प्रतिरक्षा, व्यापार र संयुक्त लगानीका विषयमा कुराकानी हुनेछ ।

सो वार्ताका क्रममा अष्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्ति गर्ने विषयमा पनि कुराकानी हुने भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस भ्रमणका क्रमा केही सम्झौताहरु पनि हुने जनाइएको छ । तर सम्झौता के विषयमा हो भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...