मलेसियालाइ ५ विकेटले हराउँदै नेपाल विजयी



काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिपले पाँच विकेट लिए । उनले आठ दशमलव पाँच ओभर बलिङ गर्दै एक मेडन राखि १७ रन खर्चे । सन्दीपले सोमबार सिङ्गापुरसँगको खेलमा समेत पाँच विकेट लिएका थिए ।

सन्दिपलाई पवन सरार्फले साथ दिए । उनले तीन ओभर बलिङ गर्दै एक मेडनसहित मात्र नौ रन दिएर तीन विकेट लिए । यस्तै सन्दीप सुनार र किशोर महतोले एक–एक विकेट लिए ।

मलेसियाका लागि कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो ।

नेपालले विजयी लक्ष्य नौ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार ६ रनमा, आदिल खान पाँच तथा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक २३ रन बनाए । उनले २० बल खेल्दै पाँच चौका हाने । यस्तै प्रनित थापामगरले अविजित १८ रन बनाए । उनले १२ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरे ।

बलिङतर्फ मलेसियाका हाफिजुद्धिनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै २१ रन खर्चे । नेपालले अर्को खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार  ०८ : २०  बजे

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ