मिडियादेखि भु–माफियासम्म खड्कालाइ बदनाम गराउने षडयन्त्रमा



भारतको सम्भावित नाकावन्दीबाट देशलाई आहत हु्न नदिन सातै प्रदेशमा पेट्रोलियम भण्डारणगृह बनाउन कम्मर कसेर लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक ई.गोपालबहादु्र खड्कालाई बदनाम गर्न एक राष्ट्यि दैनिक र केही भुुमाफिया सक्रिय भएर लागेकाछन् । टेण्डर गरेरझापामा ८० हजार, सर्लाहीमा २० हजार, चितवनमा ८० हजार, धादिङमा ५८ हजार, तनहुँमा ३३ हजार, भैरहवामा ९० हजार, दाङमा ११ हजार, सुर्खेतमा ६ हजार र धनगढीमा २२ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउने निगमको योजना छ। तीमध्ये निगमले भैरहवा, चितवन, सर्लाही र झापामा जग्गा किनेको हो। निगमले टेण्डर आव्हान गरेर माथी उल्लेखीत जग्गा खरिद गरेको हो।

थानकोटबाट थालनि

नेपाल आयल निगमले थानकोट डिपोको भण्डारण क्षमता बढाएको छ । थानकोट डिपोको भण्डारण क्षमता ११ सय किलो लिटर थियो, बढाएर पाँच हजार तीन सय किलो लिटर बनाइएको हो ।

भारतले लगाएको नाकावन्दीको बेलादेखि इन्धन भण्डारण क्षमता बढाउनुपर्ने माग उठिरहेको थियो । कुनै पनि मुलुकको सामथर््य मापन गर्दा इन्धन भण्डारण क्षमतालाई पनि आधार बनाउने गरिएको छ । नेपाल विश्वमै न्यून इन्धन भण्डारण क्षमता भएको मुलुकमा पर्छ ।

११ सय किलो लिटर भण्डारण क्षमताले वाग्मती अञ्चलका एक सय ६४ ओटा पेट्रोलपम्पलाई दुई दिन इन्धन दिन सकिन्थ्यो । पाँच हजार दुई सय लिटर भण्डारण क्षमता भएपछि १० देखि ११ दिनलाई वितरण गर्न सकिने जानकारी थानकोट डिपो प्रमुख नेत्र काफ्लेले दिए ।

थानकोट डिपोले दैनिक चार सय ५० देखी पाँच सय किलो लिटर पेट्रोल वितरण गर्दै आएको निगमका निर्देशक तथा प्रवक्ता सीताराम पोखरेलले वताए ।

भारतको नाकावन्दी ताका पेट्रोलियम पदार्थको चरम अभाव भएपछि निगम अहिले सबै डिपोमा भण्डारण क्षमता बढाउन लागेको हो भने आउँदो आर्थिक बर्षभित्रै सातै प्रदेशमा भण्डारण गृह बनाउने योजनामा निगम छ ।

सातै प्रदेशमा भण्डारण क्षमता बढेपछि भारतले गर्ने नाकावन्दी सहने नेपालको क्षमता बढ्ने जानकारहरु बताउँछन् । तर निगमले भने आफ्नो क्षमता बढाउन र व्यवसाय विस्तार गर्न भण्डारण क्षमता बढाएको बताएको छ ।

इन्धन भण्डारण क्षमता बढ्नु भनेको मुलुकको प्रतिरक्षा क्षमता बढ्नु हो भन्छन् सुरक्षा मामिलामा विद्यावारिधी गरिरहेका सुनिल घिमिरे । उनी भन्छन्, ‘निगमले व्यावसायिक उद्देश्यले भण्डारण क्षमता बढाएको हो तर यसले अन्तत देशकै प्रतिरक्षा क्षमता बढ्छ र भारतीय नाकावन्दी प्रतिरोध गर्ने क्षमता पनि स्वत बढ्छ ।’

अनि आए निगममा

सडक विभागबाट सेवा निवृत भईसके पछि खड्का दोधारमा परे , बाँकी जिन्दगी तिर्थाटनमा बिताउँकी देशका लागि अझै केही गरौँ ? खड्काकी जीवन सगिंनीले सुझाईन , होईन तिर्थाटन तिरै जाउँ । तिर्थाटनमा जाने मनस्थिती बनाएका खड्काका साथीभाईले र केही आफन्तले भने तपाँई जस्तो इनर्जेटिभ मान्छेले अझै देशका लागि केही गर्नु पर्छ भनेर खड्कालाई हौस्याए ।

५९ बसन्त पार गर्नै लागेका खड्कालाई पनि तत्काल तिर्थाटनमा नगई देशमै अझै केही गरौँ भन्ने त लाग्यो । तर के गर्ने त ? उनि सोच्न थाले । यस्तैमा एक दिन खड्का आफ्नो निजी सवारीमा काठमाण्डौको एक पेट्रोलपम्पमा ईन्धन हाल्न गए । र देखे ईन्धन हाल्न लाम लागेका गाडी । त्यस पछि उनको दिमाखमा नाच्न थाल्यो , दिनहुँ राजधानीका पेट्रोलपम्पहरुमा ईन्धन हाल्नकै लागि लाम लाग्ने सवारी साधनहरुको दृष्य । मन मनै गमे , साधारण अवस्थामा पनि दिनहुँजसो सवारी साधनको लाम किन पेट्रोलपम्पहरुमा लाग्ने गर्छ ? के छ कारण ? मैले यसैलाई किन सुधार नगर्ने ?आयल निगममा खड्का जान चाहेको कुरा गफगाफबाटै उनका मित्रजनहरुले थाहा पाईहाले । त्यस पछि उनिहरुलेनै तत्कालिन वाणिज्य तथा आपुर्तिमन्त्री सुनिल थापा समक्ष यो कुरा पुर्याए ।

सुनिल थापाले पनि खड्का आयल निगममा आउन चाहेको कुरा तत्कालै तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाकोमा पुर्याए । प्रधानमन्त्री कोईरालाले पनि राजधानीको सडक विस्तार अभियानमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आयल निगममा उनलाई ल्याउन अनुमती दिए । त्यस पछि लगतै शुशिल कोईराला नेतृत्वको सरकारले खड्कालाई नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा ४ बर्षलाई नियुक्त गर्यो । निगममा खड्काको समयावधी अझै ३ बर्ष बाँकी छ ।

निगममा के गरे त खड्काले ?

खड्का निगममा आउनसाथ पेट्रोलियम पदार्थ र ग्याँस आपुर्ती र बितरणको सहजीकरणसंगै निगम माथी लागेको ऋण तिर्ने अभियाननै चलाए । खड्का निगममा आएको बर्ष दिन पनि नपुग्दै २६ अरव बढि रिण तिरीसकेको छ । निगमको कार्य सम्पादनलाई चुस्त बनाउँदै ल्याएका उनले ईन्धन भण्डारणको लागि स्टोरेज बनाउने तयारी पनि गरेका छन् ।

खड्का निगममा आउनसाथ बिनासकारी माहाभुकम्प र भारतको अघोषीत नाकावन्दीले खड्काको काम कार्वाही र योजनाहरुलाई प्रभाबित तुल्यायो । कतिसम्म भने नाकावन्दी ताका कतिपयले त उनलाई तेलको कालो बजारी गरेको , ईन्धनको सहज वितरण नगरेको आरोप समेत लगाए  । तर एमाले निकट विद्यार्थी सगंठनले कालो बजारी विरुद् राजधानीमा आयोजना गरेको सडक सम्बादमा उभिएर आफु माथी लगाईएको आरोपहरुको सार्वजानिक रुपमै खण्डन गरि दिए ।

त्यस सडक सम्बादमा आरोप लगाउनेहरुलाई चुनौति दिदै खड्काले भने, मैले कालो बजारी गरेको र भ्रष्टचार गरेको प्रमाणीत गरेर देखाउनूस् म एक मिनेटमै कुर्सी छाडी दिन्छु र कानुनी कठ्घरामा उभिन तयार छु । म निगममा जागिर खान आएको होईन , आमुल सुधार गरेर नेपाल र नेपालीको हीतको लागी काम गर्न आएको हो । २०१३ सालमा सिन्धुलीको सोल्पामा जन्मिएका खड्काको बाल्यकाल सिन्धुलीमै बित्यो । भारतको लखनउबाट डिप्लोमा गरे , ईञ्जिनियरिगं मद्रासबाट अनि पोखरा युनिभर्सिटीबाट मास्टर गरे । २०३४ सालबाट अस्थायी जागिरेका रुपमा सरकारी सेवामा प्रवेश गरेका उनी २०३६ सालमा मात्र स्थायी कर्मचारीका रुपमा सडक विभागबाट सेवा थालेका थिए ।

सडक विभाग , काठमाण्डौमा डिई भएर लामो समय सम्म सेवा प्रदान गरेका उनी अहिले सेवा निवृत भईसकेका छन् । शुशिल कोईराला सरकारर्ले उनको योग्यताको कदर गर्दै जनताको दैनिक जीविकासगँ जोडिएको नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरीएका खड्कालाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कार्य कौशलको कदर गर्दै ताम्रपत्रले सम्मान गरेकोमा यस युनिभर्सल म्यागेजिन परिवारको तर्फबाट बधार्ई तथा शुभ कामना  । खड्काको भावि दिनहरुमा पनि अविछिन्न सफलताको कामना गर्दछौँ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार