पेरिसडाँडाबाट माओबादी जाग्ने! प्रचण्डले को तिर हेर्दै भने,खुकुरी भन्दा कर्द लाग्ने ?



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गुटबन्दीका कारण पार्टीले हार बेहोर्नु परेको बताएका छन् । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हारको कारण पार्टीभित्रै समिक्षा गर्नुपर्ने बताएका हुन । पार्टी भित्र गुटबन्दीका कारण हारे पनि बाहिरी हारमा कांग्रेस संगको तालमेलले पनि काम गरेको संकेत गरेका उनले केहि हिनताबोध समेत गरेका थिए।

उनले आन्तरिक समस्या व्यवस्थापन गर्न नसकेर पार्टी हारेको भन्दै त्यसको कारण पार्टी भित्रै खोज्नुपर्ने बताए । सबै जान्ने हुदा र कसैले कसैको कुरा सुन्ने काम नहुनाले पनि हारिएको उनको तर्क थियो।म भन्दा जान्ने कोहि छैन भन्ने सोचले हार्न सहयोग पुर्याएको भन्दै उनले हैसियत अनुसार काम गर्न पनि नेता हरुलाई सुझाब दिए। बढी जान्ने हुनेको जमात पार्टी भित्र हाबी भएकोमा उनको चिन्ता बढेको छ। २ नम्बर प्रदेशमा राम्रो उपस्थिती जनाउन एक ढिक्का हुनु पर्ने उनको जोड थियो।

‘जनताले माओवादी पार्टीलाई आफुले सोचेजस्तो पार्टी भएन भनिरहेका छन्, यसलाई जनताको पार्टी बनाउन सवैले समयमै सोच्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले वैठकमा भने । वैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सिध्याउने मुख्य कारण गुटबन्दी भएको भन्दै उनले गुटबन्दीलाई विघटन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो

    त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र

अमेरिकाले फिर्ता लियो सैन्य सहायता रोक्ने निर्णय

    मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न

राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

    शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक