पेरिसडाँडाबाट माओबादी जाग्ने! प्रचण्डले को तिर हेर्दै भने,खुकुरी भन्दा कर्द लाग्ने ?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गुटबन्दीका कारण पार्टीले हार बेहोर्नु परेको बताएका छन् । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हारको कारण पार्टीभित्रै समिक्षा गर्नुपर्ने बताएका हुन । पार्टी भित्र गुटबन्दीका कारण हारे पनि बाहिरी हारमा कांग्रेस संगको तालमेलले पनि काम गरेको संकेत गरेका उनले केहि हिनताबोध समेत गरेका थिए।

उनले आन्तरिक समस्या व्यवस्थापन गर्न नसकेर पार्टी हारेको भन्दै त्यसको कारण पार्टी भित्रै खोज्नुपर्ने बताए । सबै जान्ने हुदा र कसैले कसैको कुरा सुन्ने काम नहुनाले पनि हारिएको उनको तर्क थियो।म भन्दा जान्ने कोहि छैन भन्ने सोचले हार्न सहयोग पुर्याएको भन्दै उनले हैसियत अनुसार काम गर्न पनि नेता हरुलाई सुझाब दिए। बढी जान्ने हुनेको जमात पार्टी भित्र हाबी भएकोमा उनको चिन्ता बढेको छ। २ नम्बर प्रदेशमा राम्रो उपस्थिती जनाउन एक ढिक्का हुनु पर्ने उनको जोड थियो।

‘जनताले माओवादी पार्टीलाई आफुले सोचेजस्तो पार्टी भएन भनिरहेका छन्, यसलाई जनताको पार्टी बनाउन सवैले समयमै सोच्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले वैठकमा भने । वैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सिध्याउने मुख्य कारण गुटबन्दी भएको भन्दै उनले गुटबन्दीलाई विघटन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...