डुङ्गा डुब्दा ३४ सैनिक बेपत्ता



हाम्रो इकोनोमि

क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् ।

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । सेनाले आईतबार भएको सो घटनामा उद्धार समुह भन्दा बाहिरका अरु तीन जना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।

सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुङगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू पनि ढुवानी गरिएको थियो ।
रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुङ्गा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताउनुभयो ।

पानीको तरङ्ग अत्यधिक हुने ठाँउमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...