डुङ्गा डुब्दा ३४ सैनिक बेपत्ता



हाम्रो इकोनोमि

क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् ।

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । सेनाले आईतबार भएको सो घटनामा उद्धार समुह भन्दा बाहिरका अरु तीन जना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।

सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुङगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू पनि ढुवानी गरिएको थियो ।
रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुङ्गा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताउनुभयो ।

पानीको तरङ्ग अत्यधिक हुने ठाँउमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...